माैरीको टोकाइबाट पेरूमा सिड्नीकी महिलाको मृत्यु


जेठ ३१, एजेन्सी । माैरीको टोकाइबाट एक अष्ट्रेलियन महिलाको मृत्यु भएको छ। पेरूमा आफ्नो कुकुरलाई लिएर हिँड्दै गर्दा माैरीले आक्रमण गरेपछि महिलाको मृत्यु भएको हो।

सो क्रममा उनले पालेको कुकुरको समेत मृत्यु भएको बताइएको छ।

अष्ट्रेलियाकी पशु न्याय स्वयंसेवी क्रिस्टिना कोरलेस पेरुमा सडक कुकुरहरूको उद्धार र पुनःस्थापना गर्ने उद्देश्यका साथ १३ वर्षदेखि काम गरिरहेकी थिइन्।

सिड्नीमा रहेको उनको परिवारले जुन ९ मा उनले लिएर हिँडिरहेको कुकुरले गल्तीबस माैरीको घारमा आक्रमण गर्दा उक्त दुखद् घटना भएको बताएका छन्।

कोरलेसले १३ वर्षमा १८०० भन्दा बढी कुकुरहरूको हेरचाह गरेको बताइन्छ। उनले पोर्टो माल्डोनाडोमा पेरु स्ट्रीट डग्स उद्धार केन्द्र पनि चलाएकी थिइन्।

उनले पेरूमा कुकुर पाल्ने तर उनीहरूको हेरचाहका लागि ठूलो रकम खर्च नसक्ने परिवारहरूलाई सहयोग समेत उपलब्ध गराइरहेकी थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?