क्यानडामा हाइकिङ गर्दा हराएकी अष्ट्रेलियन युवती मृत फेला
जेठ ३२, मेलबर्न, अष्ट्रेलिया । ब्रिसबेनकी युवती क्यानडाको पर्वतीय क्षेत्रमा मृत अवस्थामा फेला परेकी छन्। अष्ट्रेलियाकी जुलिया-मेरी लेन क्यानडाको मरुभूमिमा पैदल यात्रा गर्ने क्रममा लडेपछि मृत अवस्थामा फेला परेकी हुन्।
रोयल क्यानेडियन माउन्टेड पुलिसका कर्पोरल जेम्स ग्रान्डीका अनुसार ब्रिटिश कोलम्बियामा एक्लै पैदल यात्रा गर्ने क्रममा २५ वर्षीया महिला चिप्लिएकी थिइन्। उनी एक साता लामो सडक यात्राका लागि त्यहाँ पुगेको बताइएको छ।
सबै सञ्चारमाध्यम बन्द गर्नु दुई दिन अघि लेनले फेसबुकमा एक पोस्ट गरेकी थिइन्। उक्त पोस्टमा उनले ट्रेलहरूमा सल्लाह खोजिरहेकी थिइन् र हिड्नको लागि कम्पनी खोज्दै थिइन्।
उनले एक्लै पैदल यात्रा गर्न मन पराउने तर भालुको सामना गर्न साथीहरूसँग जान रूचाएको बताएकी थिइन्।
लेनले क्यानमोरबाट अल्बर्टाको लगभग १७० किलोमिटर उत्तरमा भ्रमण गरिरहेको बताएकी थिइन्। उनले कुनै पनि मध्यमदेखि चुनौतीपूर्ण पदयात्रामा सामेल हुन मनपर्ने समेत उल्लेख गरेकी थिइन्।
उनको मृत्युको खबर बाहिरिएसँगै फेसबुकमा उनका साथीहरूले दुः ख व्यक्त गर्न सुरू गरेका छन्।