भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे नेहरू संग्रहालयको नाम परिवर्तन


असार १, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्ववत पहिचानलाई मेटाउने कार्यलाई निरन्तरता दिईरहेका छन्। सोही क्रममा जवहारलाल नेहरुको नाम हटाउने कार्य उनले यसैबखत गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीस्थित नेहरू मेमोरियल म्युजियम एण्ड लाइब्रेरीको नाम परिवर्तन गरिदिएका छन्। सो नाम परिवर्तन गरेर प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय नामाकरण गरिएको छ।

कांग्रेसले नेहरू स्मारकको नाम परिवर्तन गरेकोमा मोदी सरकारलाई खुलेर आलोचना गरेका छन। सो कार्य प्रति टिप्पणी गर्दै कांग्रेस नेता जयराम रमेशले भने, ‘मोदी संकीर्ण सोच र प्रतिशोधको अर्को नाम हो।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?