सिड्नीमा भूकम्पको धक्का
असार ३, मेलबर्न, अष्ट्रेलिया । सिड्नीमा भूकम्प गएको छ। आइतबार सिड्नीको पश्चिमी क्षेत्रमा ३.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुश गरिएको हो।
जियोसाइन्स अष्ट्रेलियाले दिएको जानकारी अनुसार आइतबार दिउँसो २ बजेपछि अप्पी नजिकै भूकम्प गएको हो। भूकम्प तीन किलोमिटरको गहिराइबाट गएको जियोसाइन्स अष्ट्रेलियाले उल्लेख गरेको छ।
सिड्नीका बासिन्दाहरूले सामाजिक सञ्जालमार्फत भूकम्प गएको रिपोर्ट गरेका थिए। उक्त भूकम्पबाट सिड्नीमा कुनै क्षति पुगेको रिपोर्ट नगरिएको जानकारी दिइएको छ।