अष्ट्रेलियामा पनि घट्यो ६६ पृष्ठको नेपाली राहदानी बनाउने शुल्क, अब कति लाग्छ ?
असार ७, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियास्थित नेपाली राजदूतावासबाट राहदानी बनाउँदा लाग्ने शुल्क घटेको छ। नेपाल सरकारको जेठ २४ गतेको निर्णय अनुसार राहदानी शुल्क समायोजन भएसँगै क्यानबेरास्थित दूतावासले पनि शुल्क समायोजन भएको जानकारी दिएको हो।
राजदूतावासले दिएको जानकारी अनुसार अब ६६ पृष्ठको साधारण विद्युतीय राहदानी २३० अष्ट्रेलियन डलरमा नै उपलब्ध हुने भएको छ। यसभन्दा अघि २३० डलरमा ३४ पृष्ठको राहदानी दिइँदै आएको थियो।
नेपाल सरकारले नेपालमा ५ हजार शुल्कमा नै ६४ पृष्ठको राहदानी उपलब्ध गराउने निर्णय गरेको थियो। यसभन्दा अघि ५ हजार शुल्कमा ३२ पृष्ठको राहदानी उपलब्ध हुँदै गरेको थियो।