अष्ट्रेलियाको पुरानो चकलेट उत्पादक कम्पनि खर्च धान्न नसकेपछि बन्द
असार ७, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको सबैभन्दा पुरानो मध्ये एक चकलेट उत्पादक कम्पनी टाट पल्टिएको छ। कम्पनीको दाबी अनुसार अष्ट्रेलियामा निरन्तर सबैभन्दा लामो समयसम्म निरन्तर सञ्चालन भएको अर्नेस्ट हिलियर कम्पनी टाट पल्टिएको हो।
भिक्टोरियन कम्पनीले कच्चा पदार्थ र ढुवानीमा बढेको खर्चका कारण खर्च धान्न नसक्ने भन्दै उत्पादन बन्द गर्ने बताएको हो। यो कम्पनी बन्द हुँदा २० कर्मचारी अब कामबिहीन भएका छन्।
सन् १९१४ मा स्थापना भएको कम्पनीका उत्पादन अष्ट्र्रेलिया र न्युजिल्याण्डमा चर्चित सुपरमार्केटहरू वुल्वोर्थ्स, कोल्स र एल्डी लगायतमा उपलब्ध छन्।
कम्पनीको कोबर्गमा एउटा कारखाना छ जहाँ यसले अन्य कन्फेक्शनरी ब्रान्डका लागि पनि चकलेट उत्पादन गर्छ।