मेलबर्नका ८ वर्षीय बालकको अफगानिस्तानमा मृत्यु


असार १०, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका ८ वर्षीय बालकको अफगानिस्थानमा निधन भएको छ। परिवारसँग घुम्न गएका ती बालकको अचानक मृत्यु भएको बताइएको छ।

क्यारोलिन स्प्रिंग्सका बालक दुई हप्ता अघि आफ्ना आमाबाबु र भाइबहिनीहरूसँग अफगानिस्थान भ्रमणका लागि निस्किएमा थिए।

प्रारम्भिक सोधपुछाबाट मृतक मोहम्मद अन्वारी दुर्लभ मुटुसम्बन्धि रोगबाट ग्रसित थिए। सोही कारण गत शनिबार उनको मुटुको चाल रोकिएको हेराल्ड सनले रिपोर्ट गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?