अष्ट्रेलियामा कोरोना महामारीको समयमा सबैभन्दा धेरै शिशु जन्मिए !


असार १५, मेलबर्न, अष्ट्रेलिया । महामारीको समयमा बच्चा जन्माउने सयम उपयुक्त नहुन सक्छ। तर। अष्ट्रेलियामा भने कोरोना महामारीको समयमा धेरै बच्चाहरूको जन्म भएको एक तथ्याङ्कले देखाएको छ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर रिपोर्टका अनुसार २०२१ मा अष्ट्रेलियामा ३ लाख १५ हजार ७०५ शिशु जन्मिएका थिए। जन्मदर पनि प्रजनन उमेरका प्रति एक हजार महिलामा ६१ थियो जुन अघिल्लो वर्ष प्रति एक हजारमा जम्मा ५६ मात्र रहेको थियो।

महामारीको अवधिमा नै आफ्नी छोरी लोरेलाईलाई जन्म दिएकी लिनेट थॉमसनले यो समय कठीन भएको बताएकी छन्।

लण्डनमा बसिरहेकी उनी गर्भवती भएपछि अष्ट्रेलिया फर्किएकी थिइन्। यो समयमा नै तीन महिना श्रीमानसँग टाढा बस्नु परेकोले झन कठीन समय भएको उनको तर्क छ।

“यो वास्तवमै तनावपूर्ण थियो,” थमसनले भने। “मैले नोभेम्बर २०२० मा गर्भवती भएको थाहा पाएँ र मेरो बेलायतको भिसा डिसेम्बरमा सकिँदै थियो।”

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरकी प्रवक्ता डिआना एल्ड्रिजले कोरोना महामारीको समयमा अष्ट्रेलियामा धेरै शिशुहरूको जन्म भएता पनि जन्मदर भने घट्दै गएको बताइन्।

“२००७ मा प्रति एक हजार ६६ भएको जन्मदर त्यसपछि निरन्तर घटिरहेको छ।” उनले भनिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?