आजदेखि अष्ट्रेलियामा विद्यार्थीहरूले हप्तामा २४ घण्टा मात्रै काम गर्न पाउने, न्युनतम पारिश्रमिक बढ्यो


असार १६, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा विद्यार्थीहरूले असिमित समय काम गर्न पाउने सुविधा अन्त्य भएको छ। कोरोना महामारीका कारण अष्ट्रेलियामा कामदारको अभाव भएपछि २०२२ को जनवरीदेखि विद्यार्थीहरूले असिमित घण्टा काम गर्न पाइरहेका थिए।

अब भने विद्यार्थीहरूले हप्तामा २४ घण्टामात्रै काम गर्न पाउने भएका छन्। कोरोना महामारी भन्दा अगाडी हप्तामा २० घण्टा मात्रै काम गर्न पाउने प्रावधान थियो।

त्यस्तै, अबबाट स्नातक तह (ब्याचलर्स)को अध्ययन सक्ने विद्यार्थीहरूले काम गर्न पाउने गरी जारि गरिने भिसा (पिएसडब्लु) को अवधि पनि ४ वर्षको हुनेछ। यसभन्दा अघि २ वर्षको मात्रै पिएसडब्लु भिसा प्राप्त गरिरहेका थिए।

त्यस्तै, स्नातकोत्तर (मास्टर्स) सकेका विद्यार्थीहरूले भने ६ वर्षको पिएसडब्लु भिसा प्राप्त गर्नेछन्। सरकारले आजदेखि लागु हुनेगरी न्युनतम पारिश्रमिक पनि बढाएको छ। अबबाट अष्ट्रेलियामा काम गर्नेहरूले प्रतिघण्टा न्युनतम २३.२३ डलर पारिश्रमिक पाउने भएका छन्।

यो पनि पढ्नुहोस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?