सिड्नी आएको विमानमा समस्या देखिएपछि तीन जना अस्पतला भर्ना


असार १७, मेलबर्न, अष्ट्रेलिया । शुक्रबार राति होनोलुलुबाट सिड्नीको उडानमा समस्या देखिएपछि तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ।

हवाईयन एयरलाइन्सको उडान HA451 ले सिड्नीको यात्राको क्रममा तीव्र गतिको हावाको सामना गरेको बताइएको छ। उक्त विमानमा १६३ यात्रु र १२ जना चालक दलका सदस्यहरू रहेका थिए।

“चार यात्रु र तीन उडान परिचरको प्रारम्भिक रूपमा बोर्डमा डाक्टर र हाम्रा चालक दलका सदस्यहरूले जमीनमा चिकित्सकहरूसँग परामर्श गरी उपचार गरे।” एयरलाइन्सका प्रवक्ताले भनेका छन्।

आपतकालीन सेवाहरूलाई सिड्नी एयरपोर्टमा बोलाएर शुक्रबार बेलुका ८ बजे भन्दा पहिले विमान अवतरण गर्दा स्ट्यान्डबाइ अवस्थामा राखिएको थियो।

अहिले अस्पताल भर्ना भएका यात्रुहरूको अवस्था सामान्य रहेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?