सिड्नीमा देखिए हलिउड सुपरस्टार टम क्रुज


असार १८, मेलबर्न, अष्ट्रेलिया । हलिउड सुपरस्टार टम क्रुज सिड्नी आइपुगेका छन्। उनको बहुप्रतिक्षित फिल्म ‘मिसन इम्पोसिबल-डेड रेकनिङ’को पहिलो भागको प्रिमियरका लागि उनी सिड्नी आइपुगेका हुन्।

उनी शनिबार नै प्राइभेट जेटमार्फत हार्बर सिटी आइपुगेको बताइएको छ। आज राति उनको फिल्मको डार्लिङ हार्बरको इन्टरनेशनल कन्भेन्सन सेन्टर (आईसीसी) मा प्रिमियर हुँदैछ।

निर्देशक क्रिस्टोफर म्याक्वेरी र सह-स्टार साइमन पेग, हेली एटवेल र पोम क्लेमेन्टिफसँगै कार्यक्रममा ६० वर्षीय सुपरस्टार रेड कार्पेटमा हिँड्नेछन्।

सिड्नीमा टक क्रुज पुरा कालो लुगामा देखिएका थिए।

यसभन्दा अघि टम क्रुज फिल्म युनिटसहित दक्षिण कोरिया पुगेका  थिए। उनले त्यहाँका लाखाैँ दर्शकमा रिलिज हुने तयारीमा रहेको फिल्मको प्रमोशन गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?