मेलबर्नमा ७ किशोरकिशोरी मिलेर बिएमडब्लु र मर्सिडीज कार चोरेको अभियोग


असार १८, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नमा भएको एक घटनापछि सात किशोरहरूलाई ड्राइभिङ र चोरी अपराधको दायरामा अभियोग लगाइएको छ। प्रहरीले ती किशोरहरुलाई शनिबार बिहान ४ बजे बालविन नर्थमा पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूलाई सेतो बिएमडब्लु र खैरो मर्सिडीजमा समातेको जानकारी दिएको छ। प्रहरीले अनुसार उनीहरूले उक्त कार चोरी गरेका थिए। कारहरु १५० किलोमिटर प्रति घण्टाको गतिमा गुडाएको आरोप पनि लगाइएको छ।

उनीहरूले बीएमडब्लु मुल्लम मुल्लम सुरुङमा छोडेका थिए भने मर्सिडीजमा उनीहरू बसिरहेका थिए।

हलमकी १६ वर्षीया किशोरीलाई मोटरसाइकल चोरीको अभियोग लगाइएको छ। यसभन्दा अघि पनि पक्राउ परेर धरौटीमा छुटेपछि पनि अर्को गल्ती गरेका कारण उनलाई बाल अदालतमा पुर्पक्षका लागि थुनामा राखिएको छ।

त्यस्तै, प्रहरीले पक्राउ गरेको सूचीमा स्प्रिंगभेलका १४ वर्षीय बालक, फ्रेजर राइजकी १७ वर्षीया किशोरी, पेकेन्हेमका १६ वर्षीय किशोर, पेकेन्हेमकै १७ वर्षीय किशोर, नोबल पार्कका १७ वर्षीय किशोर र क्रान्बर्नकी १७ वर्षीया किशोरी रहेका छन्।

प्रहरीले यस घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?