दक्षिण अष्ट्रेलियाका दुई ठूला विश्वविद्यालयले गरे मर्ज हुने ऐतिहासिक सम्झौतामा हस्ताक्षर
असार १९, मेलबर्न, अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाका दुई ठूला विश्वविद्यालयहरूले सन् २०२६ सम्ममा एउटा हुने (मर्ज हुने) ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्।
राज्य सरकारले मर्जरमा करदाताको करिब ५० करोड डलर लगानी गर्ने भएको छ।
तर एक दशकको वार्तापछि युनिभर्सिटी अफ एडिलेड र युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाको मर्जरलाई वास्तविकता बनाउन अझै ठूलो अवरोध भने बाँकी नै रहेको बताइएको छ।
“३० वर्षभन्दा बढीको प्रतिस्पर्धात्मक तनावलाई पन्छाउनु कुनै अर्थपूर्ण उपलब्धि होइन,” युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका उपकुलपति प्रोफेसर डेभिड लोयडले भनेका छन्।
यी विश्वविद्यालयहरू मर्ज भएपछि थप रोजगारी सिर्जना गर्ने, धेरै अनुसन्धानका अवसरहरू प्राप्त गर्ने र अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट थप ध्यानाकर्षण गर्ने विश्वास गरिएको छ।
एडिलेड युनिभर्सिटीका प्रोफेसर पिटर होजले यस सम्झाैतापछि बोल्दै उदीयमान अर्थतन्त्रको प्रगतिसँग आफैंले प्रतिस्पर्धा गर्न सक्ने क्षमताको अभाव रहेको बताएका छन्।
यो सम्झाैता अन्तर्गत राज्य सरकारले ४४५.५ मिलियन डलर लगानी गर्नेछ। जसमार्फत अनुसन्धान पहल कोषका लागि २०० मिलियन र जग्गा खरिदका लागि ११४.५ मिलियन डलर खर्च गरिनेछ।
तर, मर्जपछिको नयाँ विश्वविद्यालय स्थापना हुनु अघि सम्झौतालाई राज्य संसदको माथिल्लो सदनले अनुमोदन गर्नुपर्नेछ। यो उच्च स्तरको छानबिन बिना हुने सम्भावना कम रहेको बताइएको छ।