न्यु साउथ वेल्समा अस्पताल भवन बनाउँदै गर्दा एक जनाको मृत्यु
असार २१, मेलबर्न, अष्ट्रेलिया । न्युक्यासलमा रहेको प्रमुख अस्पताल विस्तार परियोजनाको स्थलमा एक कामदारको मृत्यु भएको छ।
जोन हन्टर अस्पतालको पुनर्विकासमा काम गर्ने क्रममा बुधबार बिहान ९ बजे करिब २० वर्षीय युवकको ज्यान गएको थियो।
यस घटनाबारे जानकारी पाएसँगै न्यू साउथ वेल्स एम्बुलेन्स प्यारामेडिकहरू घटनास्थलमा पुगेर गम्भीर अवस्थामा रहेका व्यक्तिलाई अस्पताल लगेका थिए।
तर, उपचारका क्रममा उनको मृत्यु भएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। घटनाबारे जानकारी भएका जो कोहीलाई पनि क्राइम स्टपरलाई 1800 333 000 मा खबर गर्न अुरोध गरिएको छ।
न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री रायन पार्कले घटना पछि एक संक्षिप्त विज्ञप्ती जारी गर्दै घटनाबारे दुख व्यक्त गरेका छन्।