उद्योगी सुरेश केडिया बाराबाट अपहरित, चालकलाई गोली हानियो


sarbajanikनेपालको

ख्यातिप्राप्ति केडिया अर्गनाइजेशनका एक सदस्य वीरगन्जका उद्योगी सुरेश केडिया अपहरणमा परेका छन् । बाराको पसाह पुलमा उनी चढेको गाडिलाई रोकेर अपहरणकारीले अपहरण गरेका हुन् । केडिया चढेको गाडिलाई अपहरणकारीले रोकेर चालकमाथि गोली प्रहार गरेका थिए । बाराको बरियारपुरबाट फर्कने क्रममा पसाहा पुलमा अपहरणकारीले चालकमाथि गोली हानी उनको अपहरण गरेका हुन् ।

सुरेश सद्भावना पार्टीका सांसद विमल केडियाका दाई हुन् । बागमती अञ्चलको बा १० च ७२४० नम्बरको टेक्सन कारमा बरियारपुरबाट कलैया हुँदै वीरगन्ज जाने क्रममा उनको गाडी चलाएका पर्सा विन्देवासिनी २ का श्याम साह कानुलाई कन्चटमा गोली हानेर सुरेशलाई भारतीय गाडीमा अपहरण गरी लगिएको हो ।

उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । घाइते चालकलाई कलैया अस्पतालबाट थप उपचारका लागि प्रहरीको निगरानीमा वीरगन्ज लगिएको छ । प्रहरीका अनुसार व्यापारी केडियालाई अपहरण गरी भारतीयसहित अपहरणकारीको समुह बघवनबाट बरियारपुर हुँदै सीमावर्ती कवही तर्फ भागेको हो ।  उनी वीरगन्जमा खाद्य उद्योग सञ्चालन गरेका छन् । त्यसैका लागि खाद्यान्न किन्न गाउँ तर्फ गएका थिए ।

कन्चटमा गोली लागेर गम्भीर घाइते भएका चालक श्याम कानुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?