बालीमा बिरामी भएपछि उद्धार गरिएका मेलबर्नका राजिवको अष्ट्रेलियामा मृत्यु
असार २६, मेलबर्न, अष्ट्रेलिया । इन्डोनेसियाको बालीमा बिरामी भएका मेलबर्नका एक व्यक्तिको मृत्यु भएको छ। बालीमा ब्रेन ह्याम्रेज भएपछि हवाइ उद्धार गरेर अष्ट्र्रेलिया ल्याएका व्यक्तिको मृत्यु भउको हो।
मृत्यु हुनेमा एक प्रसिद्ध व्यापार सल्लाहकार राजीव जयराजा रहेका छन्। जुन ३० मा आफ्नो छुट्टीको समयमा बिरामी परेका उनको मस्तिष्कको तत्काल शल्यक्रिया गर्नुपरेको थियो।
नुसा दुआमा आफ्नो घरमा ४३ वर्षीय पुरुषलाई मुटुको समस्याले आक्रमण गरेको थियो। त्यसछि लडेका उनको टाउको ठोक्किएको थियो।
जयराजाको परिवारले विज्ञप्ती जारी गर्दै उनको हिजो अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ। जयराजाको परिवारले उनी बालीमा बिरामी परेदेखि सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
जयराजा आफ्नी पत्नी एम्मा र छोरा एरीसँग छुट्टीमा थिए। आठ वर्षका एरीले सोही समयमा मद्दतका लागि फोन गरेको बताइएको छ।
जयराजको सबै बिमा भएता पनि कम्पनीले कुनै उपचार खर्च नव्यहोरेको उनका साथि एन्ड्रयू म्याकक्वीनले बताएका छन्।