अष्ट्रेलियाको समुद्री किनारमा ७० वटा भन्दा बढी ह्वेल अड्किए


साउन ९, मेलबर्न, अष्ट्रेलिया । वेस्टर्न अष्ट्रेलियाको समुद्री किनारमा ठूलो संख्यामा पाइलट ह्वेल फसेका छन्। मंगलबार स्थानीय समय अनुसार दिउँसोबाट ह्वेलहरू समुद्री किनारमा तैरिएपछि आकस्मिक उद्दार तथा प्रतिकार्य सुरू गरिएको छ।

अल्बानीको करिब एक घण्टा पूर्वी क्षेत्रमा अवस्थित चेनेस बीचमा लगभग ७० वटा लामो फिन भएको पाइलट ह्वेलको समूह फसेपछि त्यहाँका  तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भरहेका छन्।

वेस्टर्न अष्ट्रेलियाको जैवविविधता, संरक्षण र आकर्षण विभागले अब प्रतिक्रियाको नेतृत्व र घटनाको व्यवस्थापन गरिरहेको अधिकारीहरूले बताएका छन्।

ह्वेलहरू साँझ ४ बजे पछि समुद्र तटमा जान थालेको बताइएको छ।

उद्धारमा सहयोग गर्ने जनताको चिन्ताको कदर  गर्दै वेस्टर्न अष्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले इच्छुक स्वयंसेवकहरूलाई अहिलेको लागि टाढा रहन आग्रह समेत गरेको छ।

चेनेस बीच कारभान पार्क सामाजिक सञ्जाजबाट पहिलो पटक यो समाचार बाहिरिएको थियो।

पार्क र वन्यजन्तु विभागले मंगलबार बिहान किनारबाट १५० मिटरको दूरीमा सँगै बसेको चित्रण गरेपछि पोडको व्यवहारको निगरानी गरिरहेका थिए।

ह्वेलहरू किन समुद्री तटमा गए भन्नेमा विज्ञहरू अनभिज्ञ रहेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?