अष्ट्रेलियाको समुद्री तटमा कम्तिमा ५१ वटा पाइलट ह्वेल, जीवित रहेकाको उद्धार जारी
श्रावण १०, मेलबर्न, अष्ट्रेलिया । पश्चिमी अष्ट्रेलियाको समुद्री तटमा कम्तिमा ५१ वटा पाइलट ह्वेल मरेका छन्। मंलगबार करीब १०० वटा ह्वेल तटमा फसेका थिए। तर, उद्धारको प्रयासका बाबजुद ५१ वटा मरेको जानकारी दिइएको छ।
मङ्गलबार अल्बानीको ६० किलोमिटर पूर्वमा चेनेस बीचबाट १५० मिटरको दूरीमा रहेको स्थानमा असामान्य समूहमा ती स्तनपायीहरू देखिएका थिए।
केही पछि मंगलबार दिउँसो ह्वेलहरू बालुवामा छड्पटाउन थाले।
पार्क र वन्यजन्तु सेवा क्षेत्रीय प्रबन्धक पिटर हार्टले उनीहरूको उद्धारका लागि रातभर प्रयास गरेको बताएका छन्। जीवित रहेका ह्वेलको उद्धारका लागि सक्दो प्रयास गरिरहेको उनले बताएका छन्।
पश्चिमी अष्ट्रेलिया पार्क र वन्यजन्तु विभागले आज बिहान ५१ वटा ह्वेल मरिसकेको पुष्टि गर्दै ४६ वटा जीवित रहेको जानकारी दिएको छ।