अष्ट्रेलियामा उडिरहेका २ विमान ठोक्किए


साउन १२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा उडिरहेका २ विमान ठोक्किएका छन्।

आपतकालीन सेवाहरू शुक्रबार बिहान १०.३४ बजे ब्रिस्बेन बाहिर ५५ किलोमिटर टाढा रहेको काबुल्चर एयरफिल्डमा दुर्घटनाको रिपोर्ट गरिएपछि पुगेका थिए।

क्वीन्सल्याण्ड एम्बुलेन्स प्यारामेडिकहरूले यस दुर्घनालाई प्रतिक्रिया दिइरहेका थिए।

एक प्रवक्ताले घटनास्थलमा करिब पाँच एम्बुलेन्स तैनाथ गरिएको र प्यारामेडिकहरूले धेरै घाइतेहरूको जाँच गरिरहेको बताए।

नाइन न्युजको हेलिकप्टर फुटेजले धेरै आपतकालीन कर्मचारीहरू घटनामा संलग्न भएको देखाएको छ।

क्वीन्सल्याण्ड फायर एण्ड इमर्जेन्सी सेवाहरूले घटनास्थलमा तीन ट्रकहरू तैनाथ गरिएको बताए पनि आगो निभाउनका लागि टोलीलाई आवश्यक नपरेको जानकारी दिएको छ।

उद्धार लागि पुगेको एक टोली घटनास्थलबाट बाहिरिइसकेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?