भारतको बारुद भण्डार डिपोमा आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु
भारतको महाराष्ट्रस्थित एक बारुद भण्डार डिपोमा आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रको पुलगाँउस्थित भारतीय सेनाको बारुद र हतियार भण्डारण तथा सप्लाई केन्द्रमा गएराति भिषण आगलागी भएको बताइएको छ । भारतीय समाचार संस्था प्रेस ट्रष्ट अफ ईन्डिया पिटिआईका अनुसार घटनामा परी भारतीय सेनाका दुई अधिकृतसहित १७ जवानको मृत्यु भएको छ ।
आगलागिपछि लगातार भएका साना ठूला विष्फोटमा परी १९ जनाभन्दा बढी घाईते भएका छन् । दुर्घटनास्थल आसपासका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।