फिफा महिला विश्वकप फुटबल : कोलम्बिया क्वार्टरफाइनलमा
साउन २३, मेलबर्न, अष्ट्रेलिया । कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुलर रङ्गशालामा मङ्गलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।
कोलम्बियाको जितमा कप्तान क्याटलिन उस्मेले निर्णायक गोल गर्नुभयो । उहाँले ५१औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । क्वार्टरफाइनलमा कोलम्बियाले इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
इङ्ल्यान्डले प्रिक्वार्टरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।