मानव अधिकार आयोगले अनुसन्धान थाल्यो बारा घटनाको
बाराको हरिहरपुरमा शनिबार प्रहरी र स्थानीय नागरिकबीच भएको झडपबारेको अनुसन्धानका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली आज घटनास्थलतर्पm प्रस्थान गरेको छ । अनुसन्धान टोलीलाई आवश्यक सहयोग गर्न आयोगले सबै सरोकार भएका पक्षसँग आग्रह गरेको छ । यसैबीच नेकपा(माओवादी)का संयोजक मातृका यादवले आज विज्ञप्ति जारी गर्दै हरिहरपुरमा प्रहरीको गोली प्रहारबाट स्थानीयवासी जयनारायण पटेलको मृत्यु भएकामा भत्र्सना गर्नुभएको छ ।