फ्रान्स महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, सेमिफाइनलका लागि अष्ट्रेलियासँग भिड्ने


साउन २३, मेलबर्न, अष्ट्रेलिया । फ्रान्स फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्डमार्स रङ्गशालामा मङ्गलबार भएको खेलमा फ्रान्सले मोरक्कोलाई ४–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

फ्रान्सको जितमा काडिडियाताउ डियानी र केन्जा डालीले एक/एक गोल गर्दा युगेनी ले सोमरले २ गोल गरिन् । उनिहरूले १२, २०, २३ र ७०औँ मिनेटमा गरेका थिए । क्वार्टरफाइनलमा फ्रान्सले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

अष्ट्रेलिया प्रिक्वार्टरफाइनलमा डेनमार्कलाई २-० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?