मेलबर्नकी महिलाले दुई वर्ष भित्र २ पटक जितिन् ठूलो राशीको चिठ्ठा
साउन २५, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा एक वृद्धाले ४८ लाख डलरको चिठ्ठा जितेकी छन्। सोमबार उक्त पुरस्कार राशीको चिठ्ठा जितेसँगै उनी दुई वर्ष भित्र दुईवटा चिठ्ठा जित्न सफल भइन्।
२०२१ मा उनले ६० हजार डलर जितेकी थिइन्। सोही रकमबाट खर्च गरिरहेकी उनले केही ठूला सपनाहरू पूरा गर्न फेरी चिठ्ठा समेत लिने गरेकी थिइन्।
किंग्सग्रोभकी महिल यस हप्ता सेट फर लाइफ ड्र २९२३ मा सहभागी भएकी थिइन्। उनी यस चिठ्ठामा समेत भाग्यमानी सावित हुँदा प्रत्येक महिला २० हजारका दरले रकम पाइराख्नेछिन्।
यो क्रम उनका लागि आगाकी २० वर्षसम्म निरन्तर चलिरहनेछ।
उनले अनौठो अनुभूतिले उनलाई असामान्य टिकट छनोटतर्फ डोऱ्याएको बताएकी छिन्। “मैले गत हप्ता मेरो नियमित टिकट राखिन, तर मैले यो हप्ता गर्नुपर्यो किनभने मलाई यो अनौठो अनुभूति थियो,” उनले द लोटलाई भनिन्।
उनलाई भाग्यमानी सावित गराउँदै मोटो रकम जिताउने नम्बरहरू २०, ३३, १८, ३२, १९, १० र २२ रहेका थिए।
“तपाईले भाग्यमा भरोसा गर्नुपर्दछ,” उनले चिठ्ठा जितेपछि भनेकी छन्।
भाग्यले किंग्सग्रोभकी महिलालाई प्रदान गरेको यो पहिलो पटक होइन। तर यो पहिलो पटक हो कि उनले आफूलाई आफ्नो सपनालाई वास्तविकतामा परिणत गर्न आफ्नो जीतको रकम खर्च गर्न अनुमति दिएकी छिन्।
दुई पटकको विजेताले उनी प्रायः सेट फर लाइफका सबैभन्दा ठूला विजेताहरूको बारेमा कथाहरू पढ्ने गरेको बताउँदै आफु पनि विजेता बन्छु भन्ने सपना देखेको बताइन्।