तपाईंले हेर्नुभयो सिड्नीमा बनेको बिहेको रामकहानी सर्टमूभि “म्यारी मी” ?
सिल्भर स्क्रिन प्रोडक्सनको निर्माणमा बनेको लघु चलचित्र म्यारी मि रिलिज गरिएको छ । सिड्नीका युवाहरुले निर्माण गरेको यस चलचित्रमा मुख्यतः पछिल्लो समयमा युवा पुस्तामा विवाह सम्बन्धी सोचलाई प्रतिविम्बित गर्न खोजिएको छ । चलचित्रमा विवाहका लागि अष्ट्रेलियाबाट नेपाल फर्किएको युवाले अन्ततः विवाह गर्नका लागि झुटकै सहारा लिनुपरेको यथार्थ देखाइएको छ । बिहे गर्ने केटाको बाबुको भूमिकामा भूपेन्द्र चुडालले न्याय गरेका छन् । उनको हाँस्यरसले दर्शकलाई बाँधिराख्ने सफलता पाएको छ । यसैगरी छोरा बनेका निरज शर्माले पनि अभिनयमा न्याय गरेका छन् । विवाह गर्ने केटीको भूमिकामा रहेकी अर्चना कार्कीको अभिनय उत्कृष्ट देखिन्छ । समग्रमा कथालाई व्यक्त गर्न सफल बनेको म्यारी मीको निर्माण, निर्देशन र सम्पादन अशोक तिमल्सिनाले सिर्जनात्मक ढंगमा गरेका छन् । क्यामेरापर्सन टेक बयलकोटीले केही नौला प्रयोगहरु गरेका छन् र खोट लगाउने ठाउँ दिएका छैनन् । चलचित्रको अडियो मिक्सिंगमा केही समस्या देखिएपनि समग्रमा एउटा उत्कृष्ट सिर्जना अष्ट्रेलियाबाट नेपाली चलचित्र क्षेत्रले पाएको छ । चलचित्रलाई हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।