सिड्नी एयरपोर्टमा तनावको अवस्था : उडिरहेको विमानमा यात्रुले बबण्डर गरेपछि सिड्नी फर्कियो विमान


साउन २९, मेलबर्न, अष्ट्रेलिया । सिड्नी एयरपोर्टमा उडानहरू ढिलाइ भएका छन्। सिड्नीबाट मलेसिया उडेको विमान सोही विमानस्थलमा फर्किएपछि एयरपोर्डमा उडान प्रभावित एको हो।

मलेसियातर्फ उडेको जहाजमा एक यात्रुले झगडा गरेपछि विमान सिड्नीमा नै फर्काइएको थियो।

मलेसिया एयरलाइन्सको उडान एमएच१२२ सिड्नी एयरपोर्टबाट दिउँसो १.४० मा उडेको थियो। तर, ३.४७ मा सिड्नी एयरपोर्डमा नै सुरक्षित अवतरण गरेको थियो। त्यसपछि धावनमार्गमा करिब तीन घन्टासम्म आपतकालीन सवारीसाधन नजिकै राखिएको थियो।

विमानभित्रै खिचिएको एक भिडियोमा एक यात्रुले विमानका यात्रु र कर्मचारीहरूलाई धम्की दिइरहेको देखिन्छ। मलेसिया एयरलाइन्सले विमानमा बबण्डर गर्ने यात्रुका कारणले विमान फर्किएको बताएको छ।

“सुरक्षाको हितमा, उडानको कमाण्डरले सिड्नी फर्कने निर्णय गरे,” मलेशिया एयरलाइन्सका प्रवक्ताले भनेका छन्। “१९४ यात्रु र पाँच जना चालक दलका सदस्य बोकेको उक्त उडान स्थानीय समय अनुसार दिउँसो ३ः४७ बजे सुरक्षित अवतरण भएको थियो ।”

सोमबार साँझ उडान ट्र्याकिङ वेबसाइटले लगभग ६० प्रतिशत उडान औसत २२ मिनेटले ढिलाइ भएको र समय बढिरहेको देखाएको छ।

सिड्नी एयरपोर्टका एक प्रतिनिधिले भने कि उनीहरूले उनीहरूले आपतकालीन एजेन्सीहरूलाई एयरपोर्टको अवस्था सम्हाल्न मद्दत गरेको बताएका छन्।

विमान अवतरण हुने बेलामा अष्ट्रेलियाको सङ्घीय प्रहरीको टोलीलाई एयरपोर्टमा बोलाइएको थियो। अहिले विमानमा धम्की दिने यात्रुको बारेमा छानबिन भइरहेको जानकारी दिइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?