गोल्ड कोस्टको घरमा एक वर्षदेखि सडेको शव फेला, श्रीमती र छोराको खोजी गर्दै प्रहरी


साउन ३२, मेलबर्न, अष्ट्रेलिया । गोल्ड कोस्टको एक घरमा एक व्यक्तिको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त शव करीब एक वर्षदेखि सोही घरमा रहेको बताइएको छ।

प्रहरीले यस घटनामा उनकी श्रीमती र छोराको संलग्ना हुनसक्ने भन्दै उनीहरूको खोजी गरिरहेको जानकारी दिएको छ।

प्रहरीले बेनोवाको घरमा टोमिस्लाभ नेम्सको कुहिएको शव फेला पारेको थियो। शव फेला पारेपछि राज्य बाहिर रहेका उनका नातेदारहरूले यसबारे जानकारी गराइएको थियो।

डिटेक्टिभ कार्यवाहक निरीक्षक मार्क प्रोक्टरका अनुसार एक सामान्य परीक्षणका क्रममा प्रहरीले उक्त घरमा शवका अवशेषहरू फेला पारिएको थियो।

नेम्स र उको परिवार २०१८ मा एसिटीबाट सरूवा भएर गोल्डकोस्ट गएको बताइएको छ।

उक्त व्यक्तिको ७० वर्षीया श्रीमती र ४८ वर्षीय छोरालाई उनको मृत्यु भएको थाहा भए पनि उनीहरूले कसैलाई नबताइ एक वर्षभन्दा बढी समयसम्म शवसँगै बसिरहेको भन्ने प्रहरीको अनुमान छ ।

प्रहरीले नेमेसका परिवारहरूसँग पछिल्ला वर्षमा सम्पर्क गरेका साथीहरू, परिवार वा सहयोगीहरूलाई सम्पर्कमा आउन अनुरोध गरिरहेको छ।

पुलिसले एडिनबर्ग रोडमा घरमा गएका व्यापारीहरू र क्लीनरहरू लगायतका मानिसहरूलाई सम्पर्क गर्न चाहेको छ। यसका लागि प्रहरीले घरको फोटो पनि सार्वजनिक गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?