अष्ट्रेलियामा बढ्यो बेरोजगारी दर


भदाै १, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा बेरोजगारी दर बढेको छ। देशमा अर्थतन्त्र सुस्ताएका कारण बेरोजगारी दर सोचेभन्दा बढेको बताइएको छ।

बेरोजगारी दर बढेसँगै रिजर्भ बैंक अफ अष्ट्रेलियाले ब्याजदर यथावत राख्ने निर्णय गर्ने सम्भावना बढी हुने अनुमान समेत गरिएको छ।

अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को नयाँ तथ्याङ्कले जुलाईमा बेरोजगारी दर ०.२ प्रतिशत अंकले बढेर ३.७ प्रतिशत पुगेको देखाएको छ।

रोजगारीमा रहेका अष्ट्रेलियालीहरूको संख्या १५,००० ले घटेको छ। पछिल्लो तथ्याङ्कले बेरोजगारीको संख्या अष्ट्रेलियामा ४२ हजारले बढेको छ।

श्रम तथ्याङ्कका एबीएस प्रमुख ब्योर्न जार्विसले जागिर दर अझै पनि पूर्व-महामारी स्तर भन्दा तल रहेको बताए।

“यस वर्षको पहिलो अर्धवार्षिकमा हरेक महिना करिब ४२ हजार जनाले बढेपछि रोजगारीको संख्या घटेको छ। तर गत जुलाईको तुलनामा अझै ३ लाख ८७ हजार बढीले रोजगारी पाएका छन्,” उनले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?