बक्सिङका वादशाह मानिने पूर्व हेभिवेट विश्व च्याम्पियन मोहम्मद अलीको निधन
बक्सिङका वादशाह नै मानिने पूर्व हेभिवेट विश्व च्याम्पियन मोहम्मद अलीको निधन भएको छ ।
स्वास प्रश्वासको समस्या रहेको ७४ वर्षिय अलीलाई पार्किन्सन्सको समस्या पनि थियो । दुई दिनअघि अस्पताल भर्ना गरिएका अलीको शनिबार निधन भएको हो । सन् १९८४ देखि अली पार्किन्सन्सको बिरामी रहेका थिए ।
सन् २०१४ मा अलीलाई पिसाबसम्बन्धि संक्रमण देखिएको थियो । तीन पटकका विश्व च्याम्पियन अली सन् १९६४, १९७४ र १९७८ मा विजेता बनेका थिए । कासिअस मार्सेलस क्ले नाम रहका अलीले पछि नाम परिवर्तन गरेका थिए ।