सन्तोष, प्रकृति र सञ्जीवलाई विदाई सम्मान, तीनैजना हंगेरी प्रस्थान


Naya नेपाली अस्ट्रेलियन युथ यसोसिएसन नयाको आयोजनामा अन्तरराष्ट्रिय नेचुरल फिटनेस मोडेल प्रतियोगितामा अस्ट्रेलियाको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली समुदायका तिन युवाहरूलाई सफलताको शुभकामना दिने उदेश्यले एक बिशेष कार्यक्रम सम्पन् भएको छ।
आइतबार एभरेस्ट फङ्सन सेन्टर कोग्रामा सम्पन्न उक्त कार्यक्रममा अस्ट्रेलियाका बिभिन्न राज्यबाट आउनु भएका विशिष्ट महानुभावहरू, पत्रकार, एनआरएन अस्ट्रेलियाका पदाधिकारीहरू, ब्यापारी एवं नयाँका पदाधिकारीहरू र अन्य महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक नयाँका सचिव निजन चौलागाईले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष naya1कोमल राज पाठकले कार्यक्रम गर्नुको उदेश्य प्रकाश पार्दै तन,मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो।
नेपाली समुदायको शिर उचो पार्ने प्रतियोगिहरू सन्तोष कुमार श्रेष्ठ, प्रकृति श्रेष्ठ र संजिव चौधरी यही बर्ष हङ्गेरिको बुढापेस्टमा हुने अन्तरराष्ट्रिय नेचुरल फिटनेस मोडेल प्रतियोगितामा सहभागी हुन लागेको जानकारी दिनुका साथै उहाँहरूलाई सफलताको शुभकामना प्रदान गरिएको थियो।
आयोजक नयाँले एउटा प्रतियोगिका लागि रिट्न हवाई टिकटको ब्यबस्था गरिदिएको र यस्का लागि यति ट्राभल्स ट्राभल्स पार्टनर रहेको नयाका प्रवक्ता हिरा कँडेलले जानकारी दिएका छन् ।
उपस्थित बिभिन्न नेपाली समूदायका अग्रज व्यक्तित्वहरुले तीनैजनालाई शुभकामना दिँदै आर्थिक सहयोग समेत गर्नु भएको थियो। आजको कार्यक्रम स्थलबाट मात्रै $ 2440 संकलन गरिएको थियो। उक्त रकम तीनैजनालाई हस्तानतरण गरिएको छ । उक्त कार्यक्रम गर्नका लागि समन्वयकर्ताको भुमिका निभाउनुहुने नयाँका संस्थापक सदस्य एंव एनआरएनए न्यू साउथ वेल्सका सदस्य जितजङ्ग खड्कालाई बिशेष धन्यवाद दिइएको थियो। guthiयसअघि खेलाडीहरुलाई गुठी अष्ट्रेलियाले समेत सम्मान एवं बिदाई गरेको थियो । गुठी अष्ट्रेलियाले भने प्रकृति र सन्तोषलाई सम्मान गरेको थियो । सन्तोष गुठी अष्ट्रेलियाका सद्भाव दूत समेत हुन् । यसैबीच, तीनै खेलाडी आइतबार नै प्रतियोगितामा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?