सन्दीप लामिछाने एसिया कप खेल्न आज पाकिस्तान जाँदै


भदौ ११, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आज एसिया कप क्रिकेटका लागि पाकिस्तान जाँदै छन्। काठमाडौं जिल्ला अदालतमा उनी विरुद्धको मुद्दा विचाराधिन रहेकाले अन्तिम सुनुवाइ कुरेर बसेका सन्दीप आज बिहान पाकिस्तान प्रस्थान गर्न लागे हुन्।

सन्दीपको अर्को पेशी भने भदौ २१ गतेका लागि तोकिएको छ। सन्दीप विरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेका हुन्।

एसियाकपमा नेपालले पहिलो खेल भदौको १३ गते पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। यस्तै १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?