ग्राहकहरूको निराशाका बाबजुद क्वान्टासले एकै वर्षमा कमायो १.७४ बिलियन डलर नाफा
भदाै १२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको एयरलाइन्स कम्पनि क्वान्टसले १.७४ बिलियन डलर नाफा कमाएको छ। ग्राहकहरूमा पछिल्लो समय बढ्दै गएको असन्तुष्टिका बाबजुद पनि क्वान्टसको नाफामा भने कुनै हानी नभएको पछिल्लो रिपोर्टले देखाएको छ।
क्वान्टासले पूरै वर्षमा कर पछिको नाफा १.७४ अर्ब डलर कमाएको रिपोर्टमा उल्लेख छ। क्वान्टसले नियमित उडान सेवा लिनेहरूलाइ ‘धन्यवाद’ को रूपमा १ अर्बभन्दा बढी बोनस अंक दिने बताएको छ।
कार्यकारी सहित २१ हजारभन्दा बढी कर्मचारीहरूका लागि प्रोत्साहन स्वरूप ३४० मिलियन डलर छुट्याएको एयरलाइन्सले जानकारी दिएको छ।
“क्वान्टस समूह सन् २०१९ पछि पहिलो पटक पूर्ण वर्षको वैधानिक आधारमा नाफामा फर्किएको बताउन पाउँदा खुसी छु।” सीईओ एलन जोयसले भनेका छन्।
तर अर्को पक्ष, महामारीको समयमा र पछि उडानहरू रद्द भएपछि क्वान्टासका ग्राहकहरू एयरलाइनसँग रूष्ट भएका छन्। धेरै एयरलाइन विरुद्ध इको कानूनद्वारा सुरु गरिएको क्लास एक्शनमा सामेल समेत भएका छन्।