न्यु साउथ वेल्सका १३ ठाउँमा जानिजानी आगो लगाएको आरोपमा १८ वर्षीय युवक पक्राउ
भदाै १५, मेलबर्न, अष्ट्रेलिया । न्यू साउथ वेल्सको हन्टर क्षेत्रमा जंगलमा आगो लगाएको आरोपमा एक स्वयंसेवी फायर फाइटरलाई जेल चलान गरिएको छ। उनले मागेको जमानत अस्वीकार गर्दै थप अनुसन्धानका लागि जेल पठाइएको हो।
ज्याक हार्डिजलाई बुधबार बिहान ८ः २० बजे एबरग्लासलिनको एक घरबाट पक्राउ गरिएको थियो। १८ वर्षीय ती व्यक्तिमाथि १३ वटा जानाजानी आगो लगाउने र यसको फैलावटमा लापरवाह गरेको आरोप लगाइएको थियो।
उनले अधिकारीहरू समक्षको बयानमा बोर लागेका कारण आगो लगाएको बताएका छन्। त्यस्तै, उनले केही घण्टाको अवधिमा नै तीन ठाउँमा आगो लगाउने प्रयास गरेको समेत खुलेको छ।
यस वर्ष जुलाई र अगस्टमा हार्डिजले वेस्टन, पेलाव मेन, बेलबर्ड, ग्रेटा, एबरग्लासलिन, मेलभिल र सेसनकको घाँसे मैदानमा जानाजानी आगो बालेको प्रहरीले आरोप लगाएको छ।
जासूस कार्यवाहक सुपरिटेन्डेन्ट रिचर्ड पफेटले यो घटनामा अरू कोहीको संलग्नता भए नभएको अनुसन्धान गरिरहेको पनि बताएका छन्।
आगो लगाइसकेपछि उनले केही ठाउँमा आगो निभाउनका लागि सहयोग गरेको नाटक गरेको पनि पाइएको प्रहरीले जानकारी दिएको छ।
मेटल्याण्ड स्थानीय अदालतको सामना गरेका हार्डिजले उनी जमानत पाउन असफल भए। अब उनी अर्को मितिमा थप सुनुवाइका लागि अदालत उपस्थित हुने बताइएको छ।