४५ छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ
भदौ २१, कराँची। पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरू माथि यौन दुर्व्यवहार गरेको खुलेको छ। कराँची सहरबाट बलात्कारी प्रिन्सिपल इरफान गफुर मेमनले दिएको पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो।
समाचार अनुसार ४५ महिलासँग ब्लाकमेल र केहीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन्। उनको मोबाइलबाट कैयौं महिलाको भिडियो पनि फेला परेको छ, जुन विद्यालयको सीसीटीभीमा कैद भएको थियो।
विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे। अनुसन्धान टोलीले उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि बरामद गरेको छ।