युरो–२०१६ मा आक्रमण गर्ने योजना बनाएको आरोपमा फ्रान्सेली नागरिक पक्राउ


111युक्रेनको गुप्तचर संस्थाले फ्रान्समा आयोजना भइरहेको युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमण प्रयास हुनसक्नेमा सम्बद्ध सबैलाई सचेत गराएको छ ।

युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेपछि आक्रमणको सम्भावनाबारे बताएको हो ।

युक्रेनी सुरक्षा सेवा (एएबीयू) ले पक्राउ परेका आरोपित व्यक्तिलाई सन् २०१५ को डिसेम्बरदेखि पिछा गर्दै उनका गतिविधिको अध्ययन गरेको बताएको छ ।

आरोपित व्यक्तिले युक्रेनमा हतियार खरिद गर्न चाहेको र सुरक्षाकर्मीले पिछा गर्दै उसलाई पाँच वटा मेसिनगन, दुई ग्रिनेड लन्चर, १२५ किलोग्राम टीएमटी र १०० भन्दा बढी विस्फोटक पदार्थ किन्न दिएको थियो ।

उक्त फ्रान्सेली नागरिकले २० वटा वालाकेभ्स (पुरै टाउको छोप्ने नकाब) समेत किनेको बताइएको छ ।

यसैबीच, फ्रान्सेली सुरक्षा अधिकारीले फुटबल च्याम्पियनसिपका क्रममा हुनसक्ने आक्रमण प्रयासलाई मध्यनजर गर्दै करिब ९० हजार सुरक्षाकर्मीलाई तैनाथ गरेको बताउँदै कतैबाट सुरक्षा खतरा नदेखिएको बताएको छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?