नाफाको मात्रै मुख नहेर्न अष्ट्रेलियाका विश्वविद्यालयहरूलाई चेतावनी


भदाै २४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका शैक्षिक संस्थाहरूले आफ्नो अन्तर्राष्ट्रिय शिक्षा कार्यक्रमहरू विस्तार गर्ने इच्छा देखाइरहेका बेला विज्ञहरू उचित योजना बिना नाफाको लागि हतार नगर्न चेतावनी दिएका छन्।

अहिले अन्तर्राष्ट्रिय शिक्षामा ठूलो योगदान गरिरहेका विभिन्न संस्थाहरूले अन्तर्राष्ट्रिय रणनीतिहरूमा खेल्ने भूमिकाबारे छलफल सुरू गरेका छन्।

आइएएको ट्रान्सनेशनल एजुकेशन फोरम २०२३ मा सहभागी संस्थाहरूले आउने परिस्थितिको लागि तयार रहन र साझेदारहरूसँग राम्रोसँग काम गर्न जोड दिए। उक्त कार्यक्रममा सहभागी संस्थाहरूले एकै समयमा धेरै विद्यार्थीहरू नलिनेमा पनि जोड दिए।

रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजि(आरएमआइटी)की उपकुलपति सास्किया लोअर ह्यान्सेनले छिटो पैसा कमाउनमा धेरै ध्यान केन्द्रित हुँदा असफलताहरू हात लाग्ने बताएकी छन्।

उनले युकेमा काम गरेको समयको उनको अवलोकनको आधारमा सरोकारवालाहरूलाई चेतावनी प्रस्तुत गरिन्। यो क्षेत्रले ठूलो वित्तीय तनाव र राजस्व घाटाको लागि क्षतिपूर्ति गर्न दबाबको आवश्यकताको सामना गर्नु परेको उनको भनाइ थियो।

लोअर ह्यान्सनले आरएमआइटी अन्तर्राष्ट्रिय शिक्षामा एक अग्रणी संस्था भएको विश्वास व्यक्त गरेकी छन्। आरएमआइटीले सिंगापुरमा ३६ वर्षदेखि र भियतनाममा २३ वर्षदेखि क्याम्पस सचालन गरिरहेको छ।

आरएमआइटीमा अहिले ९० हजार विद्यार्थी रहेका छन्। ती मध्ये २१ हजार विदेशी छन्। त्यस्तै, १४ हजार विद्यार्थी भियतनामका रहेका छन्।

नउस ग्रुप र नाभिटासद्वारा संचालित अन्तर्राष्ट्रिय शिक्षामा नेतृत्वादायी संस्थाहरूको अध्ययनमा लगभग १०० प्रतिशत नै उत्तरदाताहरूले अन्तर्राष्ट्रियकरण उच्च प्राथमिकतामा रहेको बताएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?