बालीमा अष्ट्रेलियन मूलका ब्रिटिस पर्यटकको सुतेकै अवस्थामा मृत्यु


भदाै २९, एजेन्सी । अष्ट्रेलियन मूलका ब्रिटिस पर्यटक इन्डोनेसियाको बालीमा मृत फेला परेका छन्। बालीको एक भिल्लामा ओठमा रगत देखिएको अवस्थामा उनी मृत फेला परेको डेनपासर प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु भएका व्यक्ति ६८ वर्षीय साइमन एट्किन रहेका छन्। उनी सोमबार बिहान डेनपासारको दक्षिणी भागमा रहेको जनन भिल्लाको एउटा कोठामा भुइँमा सुतिएको अवस्थामा फेला परेका हुन्।

उनको छेउमा भोड्काको खाली बोतल औषधिसहित भेटिएको डेनपसार प्रहरीले जनाएको छ।

बेलायती राहदानीमा यात्रा गरिरहेका एटकिन सिड्नीको दक्षिणी भागमा रहेको क्रोनुल्लाका बासिन्दा रहेको अनुमान गरिएको छ।

‘बिरामीका कारण पीडितको मृत्यु भएको प्रारम्भिक आशंका छ । त्यस्तै, घटनास्थलमा औषधि र भोड्काको खाली बोतल फेला परेको छ,’ प्रहरी प्रवक्ताले भनेका छन्।

ती व्यक्तिको ओठमा रगत भए पनि अन्य कुनै शारीरिक चोटपटक नदेखिएको बाली टाइम्सले उल्लेख गरेको छ।

एटकिनको शव पोस्टमार्टम गर्न साङ्लाह अस्पतालमा लगिएको थियो। उनको मृत्युको कारण भने खुल्न बाँकी छ।

सनुर बीचबाट १७ मिनेट पैदल यात्राको दुरीमा रहेको जनन भिल्ला थ्रिस्टार होटल हो।

बालीमा पाइने अधिकांश मादक पदार्थमा अत्यधिक मिथानोलका कारण अधिकांश पर्यटकको रक्सीको विषाक्तताका कारण मृत्यु हुने गरेको छ। एट्किनको मृत्यु पनि मादक पदार्थको विषाक्तताकै कारण भएको अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?