झण्डै तीन किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
असोज १३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई किलो बढी सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ।
दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित उनलाई शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले लोकान्तरलाई जानकारी दिए।
उनका अनुसार बरामद सुन झण्डै तीन किलोग्राम छ। यसबारे थप अनुसन्धान भइरहेको उनले बताए।