कप्तान रोहित पौडेलको अर्धसतकमा नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य


असोज १४, काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ। समूह ‘ए’ अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन बनाउँदा समान ३ चौका र ३ छक्का हिर्काए। कुशल मल्लले अविजित ४७ रन तथा गुल्सन झा र कुशल भुर्तेलले समान ३५(३५ रन बनाए।

माल्दिभ्सका लागि नजवान इस्माइलले सर्वाधिक ३ विकेट हात पारे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?