आजको विदेशी मुद्राको विनिमय दर, अष्ट्रेलियन डलरको भाउ घट्यो
असोज २३, काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैँकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ९३ पैसा र बिक्री दर १३३ रूपैयाँ ५३ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५५ पैसामा कारोबार हुनेछ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ७६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रूपैयाँ र बिक्री दर ८४.९० रूपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रूपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा कारोबार हुनेछ।
जापानिज येन १० को खरिदमा ८ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८ रूपैयाँ ९६ पैसामा कारोबार हुँदादक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८२ पैसा र बिक्री दर ९ रूपैयाँ ८६ पैसामा खरिद बिक्री गर्न सकिनेछ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रूपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९ रूपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रूपैयाँमा कारोबार गरिनेछ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९।८६ पैसा र बिक्रीदर ४३१।८ पैसामा कारोबार हुनेछ।