आजबाट सुरु हुँदै एनआरएन स्पोर्टस डे, भलिबल प्रतियोगिता म्यारिकभिलमा
एनआरएन अष्ट्रेलियाले आजबाट एनआरएन स्पोर्टस डे अन्तर्गतको भलिबल प्रतियोगिताका खेलहरु सञ्चालन गर्दैछ । सिड्नी म्यारिकभिलस्थित पिसीवाईसी क्लबमा आयोजना गरिने भलिबल प्रतियोगितामा आठ पुरुष टिम र ४ महिला टिम सहभागी हुँदैछन् । जसमध्ये पुरुषतर्फको एक टिम भुटानी नेपाली समूदायको तर्फबाट रहेको छ । एनआरएन अष्ट्रेलियाका खेल संयोजक नन्द गुरुंगका अनुसार स्पोर्टस डेको मुख्य प्रायोजक एबीके लयर्स रहेको छ । यसअघि गत सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल, कोषाध्यक्ष डिला खरेल, प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीसहित एनआरएनका केही पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । उपस्थित पत्रकारहरुको जिज्ञासाको जवाफ खेल संयोजक नन्द गुरुंगले दिनुभएको थियो भने कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देल र उपाध्यक्ष दिनेश पोखरेलले प्रतियोगिता आयोजना गर्नुको उद्देश्यका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा एबीके लयर्सको तर्फबाट यसका फाईनान्स डाईरेक्टर भवानी पौडेल र एड्भान्स कलेजका निर्देशक ईश्वर दाहालले प्रतियोगितामा आबद्ध हुन पाउँदा खुशी लागेको धारणा राख्नुभएको थियो ।