प्यालेस्टाइनको समर्थन गर्दै मेलबर्नमा प्रदर्शन (तस्बिरहरू)


कार्तिक ८, मेलबर्न, अष्ट्रेलिया । इजरायल र प्यालेस्टानइनको द्वन्द्वमा प्यालेस्टानइनको समर्थन गर्दै अष्ट्रेलियामा प्रदर्शन भएको छ । बुधबार साँझ मेलबर्नको फ्लिन्डर्स स्ट्रिट र एलिजावेथ स्ट्रिटको क्षेत्रमा प्यालेस्टाइनका समर्थकहरूले प्रदर्शन सहित मार्चपास गरेका हुन् ।

प्रदर्शनमा सहभागिहरूले प्यालेस्टाइनको झण्डा र अन्य प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘फ्रि प्यालेस्टाइन’ लगायतका नाराहरू समेत लगाएका थिए ।

पछिल्ला तीन हप्तादेखि इजरायल र प्यालेस्टाइनको द्वन्द्व चर्किएको छ । अन्तरराष्ट्रिय रिपोर्टहरूका अनुसार उक्त युद्धका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ । त्यसमा पनि अधिकांश सर्वसाधारण, महिला एवं बालकालिका रहेका छन् ।

प्यालेस्टाइनको अतिवादी समूह हमासले अक्टोबर १२ तारिखमा इजरायलको एक सांगितिक कार्यक्रममा हमला गरेपछि युद्ध सुरू भएको थियो । सोही युद्धका कारण ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्तर्गत गएका नेपालका १० जना विद्यार्थीको मृत्यु समेत भएको थियो ।

त्यसपछि घाइते भएका र अन्य समस्यामा परेका २५४ विद्यार्थीहरूको असोज २६ गते उद्धार गरी नेपाल सरकारले स्वदेश फिर्काएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?