युरो कपमा स्पेनको विजयी शुरुवात
युरो कप अन्तर्गत सोमबार साँझ भएको खेलमा स्पेन विजयी भएको छ । समूह डी अन्तरगतको खेलमा स्पेनले चेक रिपब्लिकलाई १–० गोलअन्तरले हराएको हो । खेलको ८७ औँ मिनेटमा आन्द्रे इनिष्टाको क्रसमा पिकेले हेड मार्फत गोल गर्दै जित दिलाएका हुन् । ८१ प्रतिशत आफ्नो पक्षमा बल राखेको स्पेनले गोल गर्ने निकै अवसरहरु गुमायो ।
स्पेनले ११ कर्नर र चेकले ३ वटा कर्नर पाएका थिए । १५ वटा सटमा ४ वटा मात्र पोष्टमा हानेको स्पेनले एउटा मात्र गोल गर्न सक्यो । चेकले ४ वटा सटमा दुई वटा पोष्टमा प्रहार गरेको थियो । स्पेनका गोलकिपर डेबिडले निकै राम्रो बचाउ गरे । दशौं पटक युरोकप खेलिरहेको स्पेनले यसअघि नै तीन पटक उपाधि जितिसकेको छ । सन् १९६४ मा पहिलो पटक युरो कप जितेको स्पेनले २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान समेत बनायो ।