संविधान बनेको एक महिनापछि राष्ट्रपति उपराष्ट्रपतिको चुनाव गर्ने सहमति


संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुबारे अघिल्लो संविधानसभाका पाँचवटा समितिमा निक्र्योल भइनसकेका विषयवस्तुमाथि केन्द्रित रहेर छलफल भएको छ । अभिलेख अध्ययन तथा निक्र्योल समितिको असहमतिसम्बन्धी संविधानसभाबाट निर्देशसहित प्राप्त भएका संवैधानिक, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त, संवैधानिक निकायको संरचना निर्धारण, व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण र न्यायप्रणाली समितिसँग सम्बन्धित विषयमाथिको छलफल समितिमा जारी रह्यो । बैठकपछि समितिका सभापति डा. बाबुराम भट्टराई सङ्क्रमणकालीन व्यवस्थाअन्तर्गत नयाँ संविधान जारी भएको एक महिनाभित्र विद्यमान व्यवस्थापिका–संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो । बैठकमा दलहरूबीच भएको यो सहमतिसँगै वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल संविधानबमोजिम अर्काे निर्वाचनबाट राष्ट्रपति र उपराष्ट्रपति चयन नभएसम्म रहने छ । समितिका सदस्य लक्ष्मणलाल कर्णले राजनीतिक संवाद उपसमितिमा पहिलो पटकपटक सहमति भएको नेपाली नागरिकता प्राप्त गर्नेसम्बन्धी विषयमा समेत सहमति भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?