भारतको मेघालयमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
भारतको मेघालय प्रान्तमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । मेघालयको पूर्वी जयन्तिया जिल्लाको सोनापुरमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
३५ यात्री बोकेको बस गहिरो खोँचमा झर्दा ३० जनाको मृत्यु भएको हो । बाँकी पाँच जनाको अवस्था गम्भिर रहेको मेघालय प्रहरीले जनाएको छ । २६ यात्रीको घटनास्थलमा नै मृत्यु भएको हो भने उपचारका क्रममा थप चार जनाको मृत्यु भएको हो ।
मेघालयबाट आसामको गुवाहाटी गइरहेको बस सडकबाट चिप्लिएर करिब पाँचसय फिट खोँचमा खसेको थियो । खोँच निकै गहिरो भएकाले उद्धारमा कठीनाइ भएको प्रहरीले जनाएको छ ।