सेन्टजर्ज नेप्लीज फुटबल क्लबको वार्षिक साधारण सभा सम्पन्न


विगत १५ वर्षदेखि सिड्नीमा रही अष्ट्रेलियामा नेपाली समूदायका माझ खेलको माध्यमबाट आफ्नो अलग पहिचान बनाउन सफल सेन्ट जर्ज नेप्लीज फुटबल क्लबले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । photosक्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत हुने विभिन्न च्यारिटी कार्यक्रममा सहभागिता जनाउनेदेखि फुटबलका प्रतियोगिताहरुमा आफुलाई सदैव उपस्थित गराउने गरेको छ । रकडेलस्थित एभरेष्ट तन्दुरीमा सम्पन्न भएको साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ ।
यस्तोे छ कार्यसमिति
नवनिर्वाचित कार्यसमितिको नेतृत्व रविन्द्र भण्डारीले गर्नुहुने भएको छ भने महासचिवमा पदम जोशी, कोषाध्यक्षमा सिलु कोइराला, पब्लिजक अफिसरमा वीरेन्द्र श्रेष्ठ, टिम मेनेजरमा टम थापा, खरिद विभागमा मुक्ति गुरुंग, सहायक म्यानेजरमा निमा शेर्पा, ईभेन्ट कोअर्डिनेटरमा विज्ञान कार्की, महिला विभाग संयोजकमा ईन्द्रा गुरुंग र मिडिया अफिसरमा हरि पुन रहनुभएको छ ।
भण्डारीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिमा महिला सहभागिता बढाउनका लागि थप पहल गरिएको छ । साधारण सभामा समितिका सचिव सिलु कोइरालाले क्लबको आर्थिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यकारी अध्यक्ष पदम जोशीले गएको कार्यकालमा क्लबले गरेका कार्यप्रगतिको विवरण दिनुभएको थियो । यस्तै गर्न बाँकी कार्यहरु र आगामी दिनको कार्यदिशाका विषयमा पनि उहाँले प्रकाश पार्नुभएको थियो । साधारण सभासँगै मनोरञ्जनात्मक सांगीतिक साँझको आयोजना गरिएको थियो । उक्त अवसरमा बालबालिकादेखि अभिभावकहरुसम्मले मनोरञ्जन लिएका थिए । उक्त अवसरमा क्लबमा आबद्ध खेलाडीहरुले उनीहरुले गरेको प्रगतिमा अझ हौसला दिने उद्देश्यले शिल्ड तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?