अष्ट्रेलियाभरका नेपाली बास्केटबल खेलाडीहरुलाई एनआरएनको आह्वान, दर्ता मिति २८ जुनसम्म


आगामी जुलाई ३ तारिखका दिन सिड्नीमा अष्ट्रेलियाव्यापी बास्केटबल प्रतियोगिता हुने भएको छ । एविके लयर्स एनआरएन स्पोर्टस डे अन्तर्गत बास्केटबलका प्रतियोगिताहरु हुन लागेका हुन् ।abk_basketball एनआरएन अष्ट्रेलियाका खेल संयोजक नन्द गुरुंगले सबै राज्यबाट धेरैभन्दा धेरै खेलाडी सहभागी गराउने प्रयास भइरहेको बताउनुभयो । “अहिलेसम्मको खेलाडीहरुको चासोबाट हामी उत्साही छौं । तर, धेरै खेलाडी सहभागी होउन् र अष्ट्रेलियाका सबै राज्यको सहभागिता बनोस् भन्ने हाम्रो प्रयास रहनेछ । हामी सबैलाई सहभागिताका लागि आह्वान गर्दछौं”, गुरुंगले एमएनटीभीसँग भने । यसैगरी बास्केटबल प्रतियोगिताका संयोजक सुमन बोहराले भने, “पहिलो पटक एनआरएनले खेलको माध्यमबाट नेपाली समूदायलाई थप एकजुट गर्ने प्रयास थालेको छ । यसमा सबै राज्यबाट साथीहरु आएर सम्बन्धलाई अझ कसिलो बनाउनेछन् भन्ने हामीलाई लागेको छ ।” बोहराले प्रतियोगिताबारे जानकारी दिँदै ३० जूनभित्रमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको बताए । प्रतियोगितामा उपाधि विजेता टिमलाई शिल्ड, प्रमाणपत्रका साथै नगद पुरस्कार पनि प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टिमले पनि पुरस्कार प्राप्त गर्नेछ भने अन्य विविध विधामा खेलाडीहरुलाई प्रोत्साहन गर्ने योजना छ । सिड्नीको म्यारिकभिलमा आयोजना हुने प्रतियोगितामा सहभागिताका लागि २ सय ५० डलर शुल्क तोकिएको छ भने हरेक टिममा १२ जनासम्म खेलाडी रहन सक्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?