पर्थमा पनि नेपालीहरुलाई अष्ट्रेलियन चुनावी रन्को, लेबरको समर्थनमा विविध कार्यक्रम


– कमल सिलवाल, पर्थ
labour1 आसन्न निर्वाचनको रौनक यतिबेला अष्ट्रेलियाभर देखिन्छ । जुलाइ २ तारिखमा हुने चुनावका लागि सत्तापक्षी लिबरल पार्टी र प्रतिपक्षी लेबर जोडतोडका साथ चुनाबी तैयारीमा जुटेका छन् । निर्वाचनलाई लक्षित गर्दै अष्ट्रेलियाका हरेक राज्यहरुमा आफ्ना पार्टिका उमेद्वारहरुलाई जिताउन प्रचार प्रसार तिब्र बनाइएको छ । सपिङ सेन्टर, ट्रेन तथा बस स्टेसन, पार्क र बिभिन्न स्थानहरुमा बसेर जनतासँग आफ्नो योजना राख्ने र भोट माग्ने कामले तिब्रता पाएको छ।
यसै क्रममा पर्थमा माउन्ट लली क्षेत्रका डब्लु ए लेबर पार्टिका उमेद्वार टिम ह्यामन्डको प्रचारमा नेपालीको सहभागिता उल्लेख्य देखिएको छ । पर्थको नेपाली ब्यवसाय हिमालयन नेप्लीज रेस्टुरेन्ट एन्ड क्याफेले फन्ड रेइजिङ लन्चको आयोजना गर्‍यो। उक्त फन्ड रेइजिङ लन्चमा पश्चिम अष्ट्रेलियाका केही लेबर पार्टिका साम्सद, ब्यबसायी लगायत नेपाली समुदायका सदस्यहरु समेत सहभागी थिए । लेबर पार्टीका प्रतिनिधी टिम ह्यामन्डलाई सहयोह गर्ने उद्देश्यले गरिएको डिनरको संयोजन व्यवसायी भैरब ढकालले गर्नुभएको थियो । कार्यक्रममा उहाँले शुभकामना ब्यक्त गर्दै लेबर पार्टीका प्रतिनिधिहरुलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । ढकाल लेबर समर्थक नेपाली व्यवसायी हुनुहुन्छ । उहाँले खेलेको भूमिकाको कदर गर्दै डब्ल्यु ए लेबर पार्टीको तर्फबाट साम्सद लिसा बेकर र टिम ह्यामन्डले बिशेष उपहार प्रदान गरेका थिए।labour2
कार्यक्रममा बोल्दै नेता टिम ह्यामन्डले नेपाली समुदाय सामाजिक र सास्कृतिक हिसाबले निकै धनी रहेको भन्दै गर्दै आफ्नो पार्टीले बहुसास्कृतिक समुदायलाई थप सहयोग गर्ने लक्ष्य लिएको बताए । उहाँले पश्चिम अष्ट्रेलियामा नेपालको सामाजिक र सास्कृतिक पक्षको बिशेष महत्व बढ्दै गएको बताउनुभयो । यसअघि पर्थका नेपाली युवाहरुले लेबर पार्टीका उमेद्वार टिम ह्यामन्डको चुनाबी प्रचारमा सहभागिता जनाएका थिए । एनआरएनए पश्चिम अष्ट्रेलियाका सम्योजक राज थपलिया, एनसिसी सदस्य दिपक पराजुली, पश्चिम अष्ट्रेलिया बिद्यार्थी हेल्प डेस्कका संयोजक नबिन बिडारी लगायत उक्त अभियानमा सहभागी थिए ।
अष्ट्रेलियाको कुनै पनि पार्टीलाई पर्थका नेपालीहरुले खुलेर चुनाव प्रचारमा सहयोग गरेको यो पहिलो पटक हो। नेपालीहरुको यो संलग्नताले नेपाली समुदायको पनि बिस्तारै अष्ट्रेलियाको राजनीतिमा चासो बढदै गएको बुझ्न सकिन्छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?