प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित, मञ्चको अधिवेशन भने सिड्नीमा निर्धारित समयमै हुने


पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित भएको छ । सिल्क एयरबाट विमान उड्नु दुई घण्टा अघि प्रचण्ड अष्ट्रेलिया नआउने निश्चित भएको हो । प्रचण्डको सचिवालयले एक सूचना जारी गर्दै अन्तिम समयमा देशको राजनीतिक विकासक्रम र पार्टीभित्रकै कामको चापका कारण भ्रमण स्थगित गरिएको जनाएको हो । प्रचण्डको सिंगापुर हुँदै मेलबर्न आउने कार्यक्रम थियो । यससँगै बिहीबार र शुक्रबार मेलबर्न रहेर सिड्नी जाने र सिड्नीमा नेपाली जनप्रगतिशील मञ्चको तेश्रो अधिवेशनको प्रमुख अतिथिका रुपमा उद्घाटन गर्ने कार्यक्रम थियो । prachanda 1यसैगरी अष्ट्रेलियाको विकास र निर्माणको विषयमा जानकारी हासिल गर्ने पनि बताइएको थियो । अध्यक्ष प्रचण्डलाई स्वागत गर्न विदेश विभाग सदस्य युवराज चौलागाईं सिड्नी आइसकेका थिए । उनीसहित मञ्चको टोली अध्यक्षको स्वागतका लागि मेलबर्न आउँदै थिए । भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँगको भेटमा समेत अहिलेको तरल राजनीतिक अवस्थामा देश बाहिर नजानका लागि सुझाव आएका कारण यस्तो निर्णय भएको बताइएको छ । अन्तिम समयमा आएर भ्रमण स्थगित भएपछि यस विषयमा संयोजक माण्डव कार्कीले  एमएनटीभीसँग भने,  “अधिवेशन सिड्नीमा निर्धारित समयमै हुन्छ । अध्यक्षज्यूको समय नमिलेपछि अब हामी विदेश विभागका सदस्यको उपस्थितिमा कार्यक्रम गर्नेछौं । देशको राजनीतिक परिस्थितिका कारण सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा भ्रमण स्थगित हुँदा यसका कारण पर्न गएको असुविधाको लागि सम्बन्धित सबैमा क्षमाप्रार्थी छु ।”

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आधिकारिक साईटमा सचिवालयमा भ्रमणका विषयमा यस्तो सूचना दिइएको छ ।

Prachanda Cancel

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?