युरोपकमा समूह चरणका सबै खेल सकिँदै, बुधबार चार टोलीबीच प्रतिस्पर्धा
युरोकप फुटबलमा समूह चरणका खेल बुधबार सकिँदैछन् ।
बुधबार राति समूह ‘इ’र ‘एफ’का चार खेलपछि लिग चरण समाप्त हुनेछ ।
बुधबार राति नेपाली समयअनुसार पौने १० बजे दुई खेल हुनेछन् । समूह ‘एफ’का यी खेलहरुमा पोर्चुगल र हंगेरी तथा आइसल्याज्ड र अष्ट्रिया भिड्नेछन् ।
यसैगरी, राति (विहीबार बिहान) पौने १ बजे हुने समूह ‘इ’का खेलहरुमा इटाली र आयरल्यान्ड तथा बेल्जियम र स्वीडेन भिड्नेछन् ।
यी खेलहरुपछि समूह चरणबाट नकआउट चरणमा पुग्ने १६ ओटा टोलीहरुको टुंगो लाग्नेछ । अहिलेसम्म ‘राउन्ड अफ सिक्सटिन’मा प्रवेश गर्ने १२ टोलीको टुंगो लागिसकेको छ ।
यी १२ टोलीमा फ्रान्स, स्वीट्जरल्यान्ड, वेल्स, इंग्ल्यान्ड, स्लोभाकिया, जर्मनी, पोल्यान्ड, स्पेन, क्रोएसिया, इटाली, हंगेरी र नर्दन आयरलायन्ड छन् ।
प्रिक्वार्टरफाइनलमा इटालीले स्पेनसँग खेल्नेछ भने स्वीट्जरल्यान्ड र पोल्यान्ड भिड्नेछन् । अरु टोलीको प्रतिपस्र्धी टुंगो लाग्न बाँकी छ ।